नेभिगेशन
अन्य

सवारी ईन्धनमा आजबाट कोटा प्रणाली लागू

काठमाडौं । नेपाल आयल निगमले सबै सवारी साधनलाई आजबाट कोटा प्रणालीमा पेट्रोलियम पदार्थ दिने भएको छ । भारतले तेल आपूर्ति रोकपछि मौज्दात रहेको डिजेल÷पेट्रोललाई धेरै दिनसम्म पुर्‍याउनका लागि कोटा प्रणाली लागू गर्ने निर्णय भएको निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए । उनका अनुसार अब मोटरसाइकलले हप्तामा ३ लिटर मात्रै पेट्रोल पाउनेछन् । यसैगरी चारपांग्रे निजी, सरकारी तथा संस्थानका सवारी साधनले हप्तामा १० लिटर पेट्रोल पाउने बरालले बताए । यस्तै ट्याक्सीले भने जोर÷बिजोर प्रणालीमा आफ्नो पालो परेको दिनमा १० लिटर पेट्रोल पाउनेछन् । डिजेल गाडीतर्फ निगमले निजी तथा सरकारी र संस्थानका चार पांग्रे गाडीका लागि हप्तामा १० लिटर तेल दिनेछ । सार्वजनिक माईक्रोबस लगायत साना सवारीलाई पालो परेको दिन १५ लिटर डिजेल दिइनेछ । यस्तै मिनिबस तथा स्कुलबसलाई एकदिन बिराएर २० लिटर डिजेल दिइनेछ भने ठूला बसले जोर(बिजोरको आफ्नो पालो परेको दिनमा २० लिटर डिजेल पाउने निगमले जानकारी दिएको छ । निगमले तेल दिएपछि सवारीको ब्लु÷बुकमा विवरण टिपाउने व्यवस्था गरेको प्रवक्ता बरालले बताए । तेल वितरण हुने पम्पबारे निगमले हरेक दिन आफ्नो वेबसाईटमार्फत जानकारी गराउनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्