नेभिगेशन
अन्य

भारतसंगका पाँचै ५ नाका ठप्प

काठमाडौं । सरकारले नेपालतर्फ आउन लागेका सयौं मालबाहक सामान र पेट्रोलियम पदार्थ बोकेका सवारी साधन भारतका ५ वटा नाकामा अड्किएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । पूर्वको मेची र पश्चिमको धनगढी नाका बाहेक अन्य नाकाबाट भारतले नेपालतर्फ आउने सामान र तेलसहित गाडीहरु पूर्ण रुपमा बन्द गरेको छ । विराटनगर, वीरगंज, भैरहवा, कृष्णनगर र नेपालगंज नाका ठप्प छ । दलहरुले भने कुटनीतिक पहलको खाँचो रहेको बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्