नेभिगेशन
अन्य

जटिलता धेरै लामो समयसम्म रहँदैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक र बाह्य रूपमा देखिएको जटिलता धेरै लामो समयसम्म नरहने बताएका छन् । उनले तराई मधेसमा आन्दोलरत पक्षसँग औपचारिकरअनौपचारिक तहमा छलफल भइरहेकाले चाँडै समस्या समाधान हुने र भारतसँगको असमझदारी पनि धेरै दिन नटिक्ने बताए । शनिबार पत्रकारहरूसँगको अन्तक्रिर्यामा ओलीले ठूला(ठूला विवाद संवादबाट टुंगिने गरेको उल्लेख गर्दै आन्दोलनकारीका जायज माग संविधान संशोधन गरेर पूरा गर्न सकिने प्रतिबद्धता व्यक्त गरे । ‘वार्तामा आउनुहोस्, कुराकानी गरेर विवाद टुंग्याऔं,’ ओलीले भने, ‘अनावश्यक द्वन्द्व सिर्जना गरेर हामी कहीँ पुग्दैनौं । सहमतिको बाटोबाट अगाडि बढ्नुपर्छ ।’ ओलीले प्रदेशका विषयमा पनि अझै खुला रहेको भन्दै संघीय आयोगको सिफारिसमा सीमांकन परिवर्तन गर्न सकिने उल्लेख गरे । नचाहिने दन्तबझान र वादविवाद गर्न जरुरी नभएको उल्लेख गर्दै ओलीले संविधान गतिशील दस्ताबेज भएकाले पूरा नभएका विषय संशोधन गर्न सकिने बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्