नेभिगेशन
अन्य

आज जोर नम्बरका सवारी साधनमात्रै सञ्चालन

काठमाडौं । सरकारले आइतबारबाट सबैखाले सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयमा शनिबार बसेको सम्बद्ध निकायका उच्च अधिकारी सम्मिलित बैठकले आइतबारबाट दुइ पांग्रे मोटरसाइलकदेखि चार पांग्रे गाडिसम्म सबै जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो। यसअनुसार आइतबार १० गते जोर नम्बरका सवारी साधनमात्रै सञ्चालन गर्न पाइने छ । बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका सवारी साधन मात्र सञ्चालन गर्न पाइने गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्