नेभिगेशन
अन्य

बाबुराम भट्टराईद्वारा एमाओवादी र सासद परित्यागको घोषणा

काठमाडौं । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेका छन् । शनिबार दिउँसो पत्रकार सम्मेलन सम्मेलन गरेर भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेका हुन् । यससँगै बाबुराम भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ । भट्टराईले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी माओवादी अध्यक्ष प्रचण्डलाई गराएका छन् । भट्टराईले नयाँ पार्टी खोल्ने नखोल्ने भन्ने निर्णयमा आफू पुगिनसकेको बताएका छन् । उनले केही समय स्वतन्त्र नागरिकका रुपमा रहने बताए । एमाओवादी फर्कने वा अर्को पार्टीमा जाने सम्भावनाबारे सोधिएको प्रश्नमा भट्टराईले भने–‘पुरानो घर, भत्किएको घर र छोडेको घरमा जाने कुरा हुँदैन ।’ २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुादे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो । त्यसयता बाबुराम प्रचण्डसँगै थिए । यद्यपि पटक पटक अन्तरसंघर्ष हुँदै आएको थियो । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरे । राजीनामा पत्र सभामुखलाई बुझाइसकेका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले आफू देश र जनताको सेवामा भने रहिरहने बताएका छन् । साथै उनले आफ्नो पाँच प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वाधिनता, स्वाभौमिकता, अखण्डताप्रति प्रतिवद्ध रहने उनको पहिलो प्रतिवद्धता छ । समावेशी र समानुपातिक लोकतन्त्र, समृद्धि , सामाजिक न्याय र सदाचार उनका अन्य प्रतिवद्धता छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्