नेभिगेशन
अन्य

भारतीय आयल निगम तेल भर्न दिएन

काठमाडौं । भारतीय आयल निगमले असुरक्षाको कारण देखाउँदै रक्सौलस्थित भारतीय डिपोमा इन्धन लिन गएका नेपाली गाडीमा तेल भर्न रोकेको छ । डिपोमा पुगेका ५६ ट्यांकर दुई दिनदेखि त्यत्तिकै थन्किएका छन् । नेपाल आयल निगमका अनुसार बिहीबार बिहान पुगेका ती ट्यांकरमा इन्धन भरिएको छैन् । भारतीय आयल निगमका कर्मचारीले ती ट्यांकरलाई मूल गेटबाट भित्र जान समेत दिएका छैनन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्