नेभिगेशन
अन्य

सार्वभौमिकतामाथि प्रश्न नउठाउन ओलीको भारतलाई चेतावनी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक सानो ठूलो हुनसक्ने भएपनि सार्वभमकिकता सबैको बराबरी हुने बताएका छन्। ‘मुलुक सानोठूलो हुनसक्छ तर सार्वभौमिकता सबैको बराबरी हुन्छ,’ एमाले स्थायी समिति बैठकमा ओलीले भने–‘देश सानो ठूलो हुनु नौलो होइन एक सार्वभौम राष्ट्रले अर्काको सार्वभौममिकता स्वीकार्नु असंलग्न परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, सार्क चार्टरको मर्म र भावना नै हो।’ ओलीले अत्यन्त आक्रमक हुँदै‘ हाम्रो सार्वभौमिकतामाथि प्रश्न नउठाउन चेतावनी दिएको एक स्थायी समिति सदस्यले भने । नेपालको कुनै पनि नीति निर्माण, सत्ता परिवर्तनलगायत मुद्दामा अब नेपालीको मात्र हात हुने स्पष्टोक्तिसमेत ओलीले बैठकमा दिएका थिए। नयाँ संविधान निर्माणपछि बन्ने सरकार गठनमा पनि संविधान निर्माणमा जस्तै कांग्रेस, एमाले र एमाओवादीले एकताको सन्देश आम जनताबीच दिने प्रतिबद्धतासमेत ओलीले व्यक्त गरेका थिए। संविधान निर्माणका सन्दर्भमा भारतले स्वागत नगरेको विषयमा कूटनीतिक पहल गर्ने उनले बैठकमा बताए। ‘संविधान निर्माणपछिको अवस्थामा मित्रराष्ट्र चीन र भारतसँगको सम्बन्ध विस्तारका लागि दुवै देशमा प्रतिनिधि पठाउँदै आगामी दिनमा मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रगाढ बनाउँछौं,’ ओलीले भने। अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्