नेभिगेशन
अन्य

संविधान कार्यान्वयनमा मुस्लिम समुदायले सहयोग गर्ने प्रधानमन्त्रीको आ

शा काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान कार्यन्वयनमा मुस्लिम समुदायको पुर्ण सहयोगको आशा रहेको बताएका छन् । मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री कोइरालाले संविधान जारी भएको यो सुखद अवसरमा सफल कार्यान्वयनका लागि मुस्लिम समुदायले पूर्ण सहयोग गर्ने आशा गरेका हुन् । कोइरालाले शुभकामना दिँदै नयाँ संधिवानले सबै धर्माबलम्बीहरुको हक अधिकार सुनिश्चित गरेको बताएका छन् । शुभकामना सन्देशमा कोइरालाले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । संविधान गतिशील कानूनी दस्तावेज भएकोले जनताको चाहना र मुलुकको आवश्यकता अनुसार यो परिमार्जित र परिस्कृत हुँदै विकसित हुने कोइरालाले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्