नेभिगेशन
अन्य

संसदको अधिवेशन असोज १५ गतेका लागि बोलाइयो

काठमाडौं । संक्रमणकालिन व्यवस्था अनुसार संसदको अधिवेशन असोज १५ गतेका लागि बोलाइएको छ । नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) मा संक्रमणका कालिन व्यवस्था अनुसार संविधान जारी भएको सातादिन भित्र संसदको अधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ । नेपालको संविधान २०७२ असोज ३ गते आइतवार जारी भएको थियो । राष्ट्रपति डा. रामवरण यादवले संसदको अधिवेशन संविधान जारी भएको पाँचौ दिनका दिन आह्वान गरेका छन् । आगामी असोज १५ गते शुक्रबार दिउँसो एक बजेका लागि अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका–संसद्को अधिवेश आह्वान गरेका हुन् । संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका–संसद् बैठक आहृवान गर्नुपर्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्