नेभिगेशन
अन्य

घुन्सा हेलिकोप्टर दुर्घटनाको ९ वर्ष पूरा

काठमाडौं । ताप्लेजुङको घुन्सामा श्री एयरलाईन्सको हेलिकोप्टर दुर्घटना भएको आज नौ वर्ष पुगेको छ । दुर्धटनामा परि तत्कालिन बन राज्यमन्त्री एंव कांग्रेस नेता गोपाल राई लगायत धेरै संरक्षण बिद गुमाएको थियो । उक्त दुर्घटनाको सम्झनामा आज ताप्लेजुङको घुन्सा लगायत देशभर स्मृति कार्यक्रमहरु गरिँदैछ । २०६३ साल आश्विन ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी डा. हर्क गुरुङलगायतका संरक्षणविद्हरुको दुखःद निधन भएको थियो । दुर्घटनामा भुगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन सचिव डा. दामोदर पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डाक्टर चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, लगायत २४ जनाले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्