नेभिगेशन
अन्य

मधेशका आन्दोलनकारीले गाडीमा ढुंगा हान्न बालकलाई २० रुपैयाँ

काठमाडौं । तराईमा जारी आन्दोलनमा सबैभन्दा बढी सहभागिता कसको होला ? महिला, युवा वा पाका उमेर समूहका पुरुष ?रु तपाईंले यही अनुमान गर्नुभएको छ भने यो पूर्णतः गलत सावित हुनेछ । तराई मधेसको जारी आन्दोलनमा अहिले सबैभन्दा बढी बालबालिकाको प्रयोग भएको पाइएको छ । इलाका प्रहरी कार्यालय सिमराले मंगलबार राति दुई बजे आठ जनालाई स्कटिङमा राखिएको बसलाई ढुंगा प्रहार गरिरहेको अवस्थामा पक्राउ गरेको छ । जसमा पाँचजना भाग्न सफल भएका थिए । इप्रका सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले प्रतिढुंगा हानेबापत २० रुपैयाँ दिने गरी आन्दोलनकारीले बालबालिकाको प्रयोग गरेको बताएका छन् । उनले तराईमा जारी आन्दोलनमा नौ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको बढी प्रयोग भएको जनाए । बाल हिंसाविरुद्ध कानुनले निश्चित उमेर नपुगी प्रयोग गरेको पाए सो व्यक्ति वा संस्थालाई कैद तथा जरिवानाको व्यवस्था गरिएको छ । समाचार राजधानी दैनिकमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्