नेभिगेशन
अन्य

‘नाकाबन्दी हल्ला गर्नेलाई कारबाही’

काठमाडौं । भारतले नेपाललाई नाका बन्द गरेको हल्ला फैलाउनेलाई भारतीय दण्ड संहिता अनुसार कारबाही गर्ने एक उच्च अधिकारीले बताएका छन् । मंगलबार बिहानदेखि सामाजिक सञ्जालमा नाकाबन्दीको चर्चा छाएपछि उनीहरु तातेका छन् । भारतबाट नेपालको प्रमुख प्रवेश विन्दुको वीरगन्ज नाकामा आवागमन सहज भने छैन् । सुरक्षा जाँच कडा पारिएको छ । नेपाल आउने यात्रु र मालबाहक गाडी जाँच र कागजात प्रक्रिया समान्यभन्दा बढाएको छ । भारतीय सशस्त्र बल (एसएसबी) एक अधिकारीले नियमित कार्यक्रमबाहेक यतिखेर नेपालसम्बन्धी कुनै पनि विशेष निर्देशन नभएको बरु सीमा नाकामा वातावरण सहज बनाइराख्न आफूहरु प्रयासरत रहेको उनले दाबी गरे । समाचार नागरिक दैनिकमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्