नेभिगेशन
अन्य

नेपाल सानो छ भन्दैमा जे गरे पनि हुन्छ भनेर मित्रहरुले नसोचे हुन्छ : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भारतीय चासोप्रति सार्वजनिक असन्तुष्टि जनाएका छन् । सहाना प्रधानको प्रथम स्मृतिमा काठमाडौंमा बुधबार भएको कार्यक्रममा ओलीले नेपाली जनताको चाहनाअनुसार संविधान निर्माण भएको उल्लेख गर्दै भारतको चासोप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् । ‘नेपाल र नेपाली जनताको अहितको काम गर्ने छैनौं, यो नेपाली जनताको लागि भनेका छौं, यो कसैकोविरुद्ध छैन भने अरुलाई टाउको दुख्नुपर्ने किन,’ भारतको नाम नलिई ओलीले प्रश्न गरे, ‘यो देश सानो छ, विकासमा पछाडि छ, अलि अप्ठ्यारो भएका हुनाले जसो गरे पनि हुन्छ भनेर मित्रहरुले नसोचे हुन्छ ।’ अध्यक्ष ओलीले नेपालले छिमेकी मुलुकसँग दुरभाव राख्न नचाहेको दोहोर्‍या । ‘नेपाल कसैप्रति अहित चिताउँदैन आफ्नो देशको भलो गर्ने र अरुको भलाई गर्ने हाम्रो नीति हो,’ उनको भनाइ थियो, ‘तर राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, देशलाई नोक्सान गरेर, जनताको सार्वभौमसत्ताको सम्मानलाई तलमाथि हुन दिंदैनौं ।’ ओलीले भारतले नेपालको संविधानका केही बुँदामा राखेको असन्तुष्टिप्रति नाम नलिई जवाफ दिएका थिए । अंगीकृत नागरिकलाई राजनीतिक अधिकार दिनुपर्ने भारतीय चाहनाबारे उनको असन्तुष्टि थियो । ‘यसो कतैबाट आयो, अंगीकृत नागरिकता फुत्कायो भने किन भोलिपल्टै राष्ट्रपति हुन पाउनुपर्ने, प्रधानमन्त्री हुन पाउनुपर्ने, सांसद, मन्त्री अझ मुख्यमन्त्री हुन पाउनुपर्ने,’ उनको भनाइ थियो, ‘अंगीकृत भयो, घर बनाउन पायो, बस्न खान पायो, अब हतार हतार प्रधानमन्त्री, राष्ट्रपति, मुख्यमन्त्री हुनैपर्ने किन रु सायद मान्छेले सोच्छन् होला नि ठूलो देशबाट आएको हो नि १’ अंगीकृतलाई राजनीतिक अधिकार नदिनुलाई कसैले अन्यायकोरुपमा बुझ्न नहुने उनको भनाइ थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्