नेभिगेशन
अन्य

प्रधानमन्त्री कोइराला राष्ट्रसंघको महासभामा नजाने

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला संविधान जारी भएपछि तराई मधेशमा जटिल समस्या सृजना भएको निष्कर्षका साथ राष्ट्रसंघको ७० औं साधारण सभामा भाग लिन नजाने भएका छन् । प्रधानमन्त्री कोइराला नेपाली प्रतिनीधि मण्डलको नेतृत्व गर्दै आजै दिउसो न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार दिनेश भट्टराई प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा भाग लिनका लाथि नजाने मनस्थिती बनाएको र अरु निर्णय मन्त्री परिषद बैठकले गर्ने जानकारी दिए । प्रधानमन्त्री कोइरालाले महासभालाई यही असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । असोज ११ देखि १८ गतेसम्म हुने संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभालाई सदस्य राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखले सम्बोधन गर्नेछन् । ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्