नेभिगेशन
अन्य

वार्ताको आग्रह गर्दै प्रधानमन्त्री तमलोपा कार्यालयमा

काठमाडौं । संविधान जारी भएपछि प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार विहानै सुटुक्क तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा अध्यक्ष महन्थ ठाकुरसंग वार्ता गरेका छन् । तराई मधेसमा आन्दोलन गरिरहेको मधेशी मोर्चा वार्तामा नआइरहेका बेलामा प्रधानमन्त्री कोइरालाले गेटक्रस गर्दै तमलोपा अध्यक्षलाई वार्तामा आउनका लागि आग्रह गरेका छन् । वन मन्त्री महेश आचार्यलाई लिएर तमलोपाको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा पुगेका कोइरालाले तमलोपा अध्यक्ष महन्थ ठाकुरसहिथका नेताहरुसँग वार्ता गरेका छन् । भेटपछि वनमन्त्री आचार्यले मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गरिएको बताए । उनले भने –‘धेरै माग संविधानमा सम्बोधन भएको छ । केही संविधान संशोधनबाट गर्न सकिन्छ । वार्तामा आउनुस् भनेका छौं ।’ भेटपछि तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले कर्मकाण्डी तरिकाले वार्ता नहुने बताए । उनले भने–‘वार्ता कसरी गर्ने पहिले तीन दलले टुंगो लगाओस् ।’ मधेसमा अहिले सरकारले युद्ध घोषणा गरेको आरोप लगाउँदै उनले यतथास्थितिमा वार्ता हुन नसक्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्