नेभिगेशन
अन्य

एनआरएनको ओसनिया संयोजकमा भिड्ने भुमाको घोषणा

काठमाडौं । सातौं गैर आवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदै गर्दा नेतृत्व तहमा बसेर काम गर्न इच्छुकहरुको घोषणासभाले निरन्तरता पाएको छ । हाल उप संयोजकको भुमिकामा देखिएकी भुमा लिम्बुले ओसेनिया क्षेत्रको संयोजक पदमा उम्मेदवारी दिने भएकी छिन । भुमाले आइतबार कुराकानी गर्दै एनआरएन अभियानमा लामो सक्रीयता र सहभागिताले आफुलाई यसक्षेत्रमा रहेर काम गर्न उत्साहीत बनाएको भन्दै संयोजकमा उठने घोषणा गरेकी हुन । नेपालमा महाभुकम्पका तहसनहसमा स्वास्थ परिचारिकाकी रुपमा संल्गन भुमा एनआरएन अस्ट्रेलियामा हक्की स्वभावकी प्रजातन्त्रबादी स्वयंसेवीकी रुपमा चर्चित छिन । उनले पछिल्लो एक दशक एनआरएन अभियानमा सक्रिय सदस्यको रुपमा भुमिका निर्वाह गर्दै आएकी छिन । मैले देखेको र जाने सम्म एनआरएनको मुल मर्म भनेको स्वदेशको हितमा काम गर्ने र परदेशको समस्यामा साथ दिने हो । मुलुक दुख्दा हामी रोएका छौ , भुकम्पमा बिभिन्न जिल्लामा स्वयंसेवीका रुपमा भुमिका निर्वाह गरेकी भुमाले बताइन । ‘मैले यहावाट धेरै कुरा सीके । साथीभाइहरुले सहयोग गर्नु भएको छ र यस पटकपनि ओसनियाको जिम्मेबारी दिनुहुने कुरामा ढुक्क छु’ भुमाले बताइन । उप संयोजक भएपछि संयोजकमा उठ्नु स्वभाविक भएको बताउदै भुमाले एनआरएनए अभियानलाई आजको स्थितिसम्म ल्याइपुर्याउनका निम्ति थुप्रै अग्रजहरूले धेरै मिहेनत र संघर्ष गर्नुपरेको बताइन । एनआरएन अभियानको अथक प्रयासको परिणामस्वरूप नयाँ संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएकोमा भुमाले खुसी प्रकट गरिन । यो एउटा महत्त्वपूर्ण उपलब्धि हो। अहिलेको कार्यसमितीले एनआरएनलाई संस्थागत बनाएको कुरामा दुइमत नरहेको बताउने भुमाले आगामी दिनमा एनआरएनलाई बिश्वासिलो साझेदारका रुपमा अगाडि बढाउनु पर्ने बताइन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्