नेभिगेशन
अन्य

वार्ताको अध्याय सकियो–मोर्चा

काठमाडौं । तीन ठूला दलले दुई तिहाइ बहुमतको बलमा संविधान जारी गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ता र संवादको अध्याय सकिएको दाबी गरेको छ । संविधानसँग असन्तुष्टहरुबीच बृहत मोर्चाबन्दी गर्ने योजनासमेत मोर्चाले बनाएको छ । यसअघि राजधानीमा भदौ ३१ गते बसेको बैठकले उनीहरुसँग मोर्चाबन्दी र कार्यगत एकता गर्ने निर्णय गरेको थियो । मंगलबार साँझ सप्तरी सदरमुकाम राजविराजमा मोर्चा बैठक बसी औपचारिक आह्वान गर्ने जानकारी तमलोपा अध्यक्ष महन्थ ठाकुरले दिए । ‘हामी वार्ता र संवादबाटै निकास खोज्न तयार थियौं । तीन दलले जबर्जस्ती गरेर हामीलाई त्यहा पुर्‍याइदिए, जहाबाट अब फर्कन गाह्रो भइसक्यो,’ ठाकुरले भने, ‘सरकार र तीन दलले वार्ताको अध्याय समाप्त गरेका छन् । अब हामी सबै उपेक्षित र असन्तुष्टसग मिलेर अघि बढ्छौं । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्