नेभिगेशन
अन्य

सीमांकन परिमार्जनको अग्रसरता लिने निर्णय

काठमाडौं । कांग्रेसले संविधान गतिशील दस्ताबेज भएको जनाउँदै संविधानलाई थप सुदृढ र विकसित गर्ने सम्भावना रहेको निष्कर्ष निकाल्दै सीमांकन परिमार्जनका लागिअग्रसरता लिने निर्णय गरेको छ । ‘जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय तथा तराई–मधेसलगायत देशका विभिन्न भागमा प्रदेशको सीमांकनसम्बन्धी विषयमा उठेका सम्पूर्ण माग र सुझाबलाई राजनीतिक सहमतिका आधारमा परिमार्जन गर्दै जाने अभिभाराको नेपाली कांग्रेसले नेतृत्व ग्रहण गर्नेछ,’ निर्णयमा भनिएको छ, ‘निरन्तर संवाद र छलफल गरी तराई–मधेसमा भइरहेका आन्दोलनलाई सम्बोधन गर्ने गरी राजनीतिक अग्रसरता लिने निर्णय गर्दछ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्