नेभिगेशन
अन्य

राष्ट्र बैंकले १ सय र २ हजारको सिक्का जारी गर्ने

काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंकले दुई हजार र एक सय मूल्य रुपैयाँ अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई हजारको चाँदीको सिक्का र १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले जानकारी दिए । उक्त सिक्कामा नेपालको संविधान २०७२ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ । आगामी दसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उनले बताए । यो सिक्का सर्वसाधारण जनताले प्रयोगमा ल्याउन सक्नेछन् । अन्नपूर्णपोष्टमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्