नेभिगेशन
अन्य

संविधानसभा व्यवस्थापिका–संसद्मा रूपान्तरित

काठमाडौं । नयाँ संविधान जारी भएसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको छ । सभामुख सुवासचन्द्र नेम्वाङले आइतबार संवैधानिक प्रावधानअनुसार संविधानसभाको बैठक समाप्त भएको र अब यो सभा स्वतस् व्यवस्थापिका–संसद्मा रूपान्तरित भएको घोषणा गरेका थिए । नयाँ संविधानको पहिलो कार्यान्वयन संविधानसभाले सुरु गरेको छ । संविधानको भाग ३५ को संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २ सय ९६ मा ‘यो संविधान कार्यान्वयन हुँदाका बखत कायम रहेको संविधानसभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका–संसद्मा स्वतः रूपान्तरण हुनेछ र त्यस्तो व्यवस्थापिका–संसद्को कार्यकाल ०७४ माघ ७ गतेसम्म कायम रहने व्यवस्था उल्लेख छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्