नेभिगेशन
अन्य

विभाजनको धम्कीले हच्किए गच्छदार

काठमाडौं । प्रमुख तीन दलसँग ४ बुदेँ सहमति गरेर पार्टीमा अनुमोदन गराउन गएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार संविधानसभामा फर्केनन्। प्रमुख दलका नेतालाई गच्छदारलाई अन्तिम समयमा निराश हुदैँ खबर गरे, ‘संविधानसभा घोषणा गर्ने समारोहमा उपस्थित भए भने फर्किदा म पार्टी अध्यक्ष नहुने भए, त्यसैले म आउन सकिन, माफ गर्नुहोला।’ गच्छदारको यो सन्देश पछि प्रमुख दलका नेताहरु संविधानसभाको औपचारिक समारोह सुरु गर्ने तयारीमा लागे। प्रमुख दलले गच्छदारलाई मनाउनका लागि भरमग्दुर प्रयास गरेका थिए। त्यसका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कानुन मन्त्री नरहरी आचार्य र बन मन्त्री महेश आचार्यले बिहानै देखी प्रयत्न सुरु गरेका थिए। गच्छदार ब्यक्तिगत रुपमा सहमत भए पछि संविधानसभाको निर्धारित ५ बजेको औपचारिक समारोहलाई अलिकति ढिलाई गर्ने सहमति भयो। त्यसपछि तयार भएको ४ बुदेँ सहमति लिएर पार्टीमा अनुमोदन गर्न गच्छदार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा जान्छु भन्दै हिडे। जहाँ गच्छदारले आफना केही सभासदलाई तयारी अवस्थामा राखेका थिए। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्