नेभिगेशन
अन्य

संविधान जारी हुदाँ राष्ट्रपतिको घरमै अध्यारो

काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएको घोषणा हुनासाथ काठमाडौंमा दीपावली गरिएपनि जनकपुरमा राष्ट्रपतिको घरदेखि लिएर प्रमुख दलका नेताको घरमा समेत बत्ती नवाली ब्ल्याक आउट गरिएको छ । जनकपुर उपमहानगरपालिका ९ स्थित ब्रह्मपुरीस्थित यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन । कांग्रेसका नेता तथा मन्त्री विमलेन्द्र निधिको निवास पनि अन्धकार थियो । राष्ट्रपति छेउमै रहेका एमालेका नेता रघुवीर महासेठको घरमा पनि बत्ती बलेन । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्