नेभिगेशन
अन्य

असंतुष्ट भारतको चिसो स्वागत

काठमाडौं । नेपालमा नयाँ संविधानको आगमनमा छिमेकी भारतले चिसो प्रतिक्रिया दिएको छ । उसले भारतका सीमावर्ती क्षेत्रमा हिंसात्मक प्रर्दशनहरु भइरहेकोमा चिन्ता व्यक्त भएको जनाएको छ । आइतबार साँझ भारतीय विदेश मन्त्रालयले जारी गरेको नेपालको पछिल्लो स्थितिबारे शीर्षकको आधिकारिक वक्तब्यमा नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागत र नेपाली जनतालाइ बधाइ दिइएको छ । नेपालमा एउटा संविधान जारी भएकोबारे जानकार छौं भनी उल्लेख गरेर नेपालमा नयाँ संविधान जारी भएकोमा भारतले असन्तुष्टि जनाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्