नेभिगेशन
अन्य

संविधान जारी भएको खुसियालीमा दुई दिन लोडसेडिङ नगरिने

काठमाडौं । नेपालको संविधान २०७२ नेपाली जनतासमक्ष जारी भएकोमा मुलुकमा खुसियाली छाएको छ ।मुलुकभर दिपावलीसँगै एक अर्कामा बधाई र खुसियाली साटासाट गरिएको छ । यसै मेसोमा संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भएको छ । संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् । गोरखापत्रमा समाचार छ ,
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्