नेभिगेशन
अन्य

सरकारको व्यवस्थापनमा आज टुँडीखेलमा सभा

काठमाडौं । संविधान जारी भएको खुसियालीमा सैनिक मञ्च टुँडीखेलमा सरकारका तर्फबाट आज आमसभाको आयोजना गरिएको छ । सभालाई प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । टुँडिखेलमा सञ्चालन हुने कार्यक्रमलाई भव्य बनाउन सरकारकै तर्फबाट तयारी गरिएको छ । मञ्च सजावटको सबै खर्च सरकारले व्यहोर्ने छ । सभासमा अनिवार्य उपस्थित हुन सरकारी कर्मचारीलाई सरकारले उर्दी गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाले सभालाई भव्य बनाउन गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिएका छन् । सैनिकमञ्च टुँडिखेलमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले बेग्लाबेग्लै स्थानबाट र्‍याली निकाल्दैछन् । । नेपाली कांग्रेसले शान्तिबाटिकाबाट, नेकपा एमालेले बागबजारबाट र एमाओवादीले प्रदर्शनीमार्गबाट र्‍याली निकाल्ने बताइएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरु १२ बजे उक्त ठाउँमा भेला भएर र्‍यालीको नेतृत्व गर्नेछन् । र्‍याली दिउँसो एकबजे सैनिकमञ्च टुँडिखेलमा पुगेर सभामा परिणत हुनेछ । नेताहरुले आ–आफ्नो भेषभूषा र पोशाकमा सजिएर समारोहमा सहभागी हुन नागरिकलाई आह्वान गरेका छन् । राष्ट्रसेवक कर्मचारीलाई पनि तोकिएको पोशाकसहित अनिवार्यरुपमा उपस्थित हुन आग्रह गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्