नेभिगेशन
अन्य

संविधानसभाबाट आज नयाँ संविधान

काठमाडौं । संघीय गणतन्त्र नेपालको नयाँ संविधान आइतबार जारी हुँदै छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको अन्तिम बैठकबाट राष्ट्रपति डा। रामवरण यादवले नयाँ संविधान जारी गर्न लागेका हुन् । संविधानसभाले पारित गरेको संविधानका पाँच प्रतिमा सभासद्हरूले हस्ताक्षर गरी सभाध्यक्षले प्रमाणीकरण गरेसँगै संविधान निर्माण प्रक्रिया शुक्रबारदेखि सकिएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आइतबार अपराह्न ५ बजे राष्ट्रपति यादवले जारी गरेपछि लागू हुने र पुरानो अन्तरिम संविधान स्वतस् खारेज हुने संवैधानिक व्यवस्था छ । तीन सय ५० पृष्ठको नयाँ संविधानमा ३७ भाग, तीन सय आठ धारा र नौ अनुसूची छन् । संविधानसभाले पाँच प्रति संविधान नेपाली कागजमा मुद्रण गरेको छ । राष्ट्रपति यादवले नेपाली कागजमा मुद्रण गरिएको संविधान जारी गरेपछि पाँचमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयमा दुई कपी रहनेछन् । ‘संविधानको प्रकाशित प्रतिको अन्तिम पृष्ठमा राखिएको ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु’ भन्ने विवरणमा हस्ताक्षर गरी राष्ट्रपतिले जारी गर्नेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्