नेभिगेशन
अन्य

नरेन्द्र मोदीका दूत काठमाडौंमा, यस्तो भेटवार्ताको कार्यक्रम

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खटाएका विदेश सचिव एस जयशंकर शुक्रबार काठमाडौं आइपुगेका छन् ।उनी आज बिहान साढे नौ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । उनी विमानस्थलबाट सोझै द्वारिकाज होटल गएका छन् । उनीसँगै अन्य भारतीय अधिकारी पनि आएका छन् । उनले एमाले अध्यक्ष केपी ओली निवास बालकोटबाट भेटघाट सुरु गर्दैछन् । प्रधानमन्त्री कोइरालाले आज क्याविनेट मिटिङ भएकोले बिहान भेट्न नपाउने र बेलुकी मात्रै समय निक्लने बताएपछि जयशंकरको भेटघाट तालिका केही हेरफेर भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । ओलीलाई भेटेपछि १ बजे भारतीय राजदूतावास लैनचौरमा उनले विभिन्‍न पार्टी नेताहरुलाई लञ्चको लागि बोलाएका छन् । त्यही समयमा मधेसवादी दलका नेताहरुलाई भेटी उनले समसामयिक राजनीतिक घटनाको बारेमा छलफल गर्ने बताइएको छ । उनले ३ बजे राष्ट्रपति रामवरण यादवलाई भेट्ने कार्यक्रम छ भने साँझ ५ बजे एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाटको कार्यक्रम तय भएको छ । दाहालपछि उनले प्रधानमन्त्रीलाई भेट्ने योजना बनाइएको छ । परराष्ट्र स्रोतले भन्यो‘ प्रधानमन्त्रीको पूर्व निर्धारित तालिका भएकाले बिहानै भेट्न सकिएन । साँझ भेट्ने कार्यक्रम छ तर समय टुंगो लागेको छैन ।’ प्रधामनन्त्री कार्यालयले भने एमाओवादी अध्यक्षसंगको भेटपछि मात्र प्रधानमन्त्रीसंग भेट हुने बतायो । उनी शनिबार बिहान मधेसवादी दलका नेतालाई भेटेर स्वदेश फर्कँनेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्