नेभिगेशन
अन्य

गैरआवासीय नेपाली संघ अध्यक्षमा पुनः शेष घलेको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले पुनः अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टुवरमा हुने सातौ बिश्व सम्मेलनमा नेतृत्व चयनका लागि हुने चुनावमा उनी अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । लण्डनमा बिहीवार साँझ गैरआवासीय नेपाली संघ युकेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घलेले एनआरएनको नेतृत्वमा निरन्तरता दिन चाहेको घोषणा गरे । दुई बर्षको कार्यकालमा संस्थाप्रतिको बिश्वास र भरोसा जगाउन आफुले निकै मेहेनत गरेको र यो अबधिमा थालेका धेरै काम पुरा बाँकी रहेकाले त्यसलाई पुरा गर्ने दायित्व छाडेर आफु भाग्न नमिल्ने उनले बताए । आगामी कार्यकालमा पनि बिगतमा जस्तै आफ्नो सम्पूर्ण समय र स्रोत साधन एनआरएनएको विकाशका लागि लगाउने उनले प्रतिबद्धता जनाए । ‘मैले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै बिगत दुई बर्षमा जेजति सिकेको छु, त्यसलाई गैरआवासीय नेपालीसमुदायको हितमा खर्च गर्ने छु । म उसैगरी आगामी कार्यकालका लागि यहाँहरुको माझमा रहनेछु, त्यतिकै परिश्रमर मेहेनतका साथ यो संस्थालाई अर्को उचाईमा पुर्‍याउन सम्पूर्ण समय र स्रोत खर्च गर्ने छु’ घलेले भने– मलाईबिश्वास छ, यहाँहरुले अहिलेसम्म जसरी मलाई साथ दिनुभयो, त्यसैगरी थप दुई बर्ष सहकार्यका लागि अगाडि बढ्नु हुनेछ ।’ भूकम्पबाट ध्वस्त भएको मुलुकको पुनःनिर्माणको गम्भिर जिम्मेवारी यतिबेला गैरआवासीय नेपालीको काँधमा पनि रहेको, खाडी मुलुकमा रहेका नेपालीहरुको कल्याणका लागि परोपकारी कोष संचालन गरी उनीहरुको जीवनमा परिवर्तन ल्याउने दायित्व पुरा गर्ने र संस्थाको स्थायित्व र दिगो विकाशका लागि थालनी गरेका कामहरु टुंगोमा पुर्‍याउने काममा आफ्नो ध्यान केन्द्रित हुने उनले बताए । उनले एनआरएनका तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा एक हजार भन्दा बढी घर बनाउन पुग्ने रकम उठिसकेको पनि जानकारी दिए । नेपालमा गत बैशाखमा गएको भूकम्पको राहत कार्यमा एनआरएनका तर्फबाट प्रभावित प्रत्यक्ष संलग्न भएपछि अध्यक्ष घलेको सर्बत्र प्रशंसा गरिएको थियो । यसैबीच कार्यक्रममा तमु धिं यूकेले नेपालमा भूकम्पपीडितहरुको लागि अध्यक्ष शेष घलेलार्इ १ करोड ११ लाख ११ हजार ११सय ११ रुपैयाँ प्रदान गरेको थियो । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको विश्वसम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौंमा हुँदैछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्