नेभिगेशन
अन्य

मोदीका विशेष दुत काठमाडौंमा, प्रधानमन्त्रीसंग १० बजे भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र भारतका विशेष दूत विदेश सचिव एस जयशंकरबीच आज बिहान १० बजे भेटवार्ता हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विशेष दूत पठाएको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दूतका रुपमा जयंशकरलाई नेपाल पठाएका छन्। उनी आज ९ बजे नेपाल आइपुगेका छन् । प्रमुख राजनीतिक दलले असोज ३ गते आइतबार नयाँ संविधान जारी गर्ने सम्पूर्ण तयारी गरिरहेका बेला मोदीले दूत पठाएका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलका अनुसार जयशंकर शनिबार स्वदेश फर्किनेछने। दुई दिने बसाइमा उनले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने कार्यक्रम तय भएको छ। अरु राजनीतिक दलका नेतासँगको भेटबारे भने केही खुलाइएको छैन। स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा उनले आइतबार जारी हुने नयाँ संविधानका विषयमा भारतको आधिकारिक धारणा राख्नेछन्। त्यसपछि उनले राजनीतिक दलका नेतासँग भेटी नयाँ संविधानका विषयमा जानकारी लिने जनाइएको छ। स्रोतका अनुसार उनले नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसवादी दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट्ने छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्