नेभिगेशन
अन्य

जीवनको अधिकार नखोसः आयोग

काठमाडौं । मानव अधिकार आयोगले प्रहरीको गोली लागि दुई बालकसहित चारको मृत्यु भएको रुपन्देही घटनामा संविधानप्रदत्त बाँच्न पाउने हकको गम्भीर उल्लघंन भएको जनाएको छ । आयोगले मानिसको बाँच्न पाउने अधिकारको सम्मान गर्न सरकार प्रहरीलाई आग्रह गरेको छ । ‘घटनालाई नियन्त्रणमा लिने उपायको बारेमा आयोगले पटक, पटक ध्यानाकर्षण गराउँदा समेत सोको पालना नगरी पुनरावृत्ति हुनुले मानव अधिकारको संवेदनशिलताप्रति सुरक्षा निकाय संवेदनशील हुन नसकेको देखिन्छ’ आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘साथै हाटबजार लागेको सार्वजनिक स्थलमा प्रहरीको गोलीबाट अबोध बालबालिकासमेतको मृत्यु हुनु अत्यन्त दुखद छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्