नेभिगेशन
अन्य

पुनः आमरण अनसन बस्ने चेतावनी

काठमााडैं । प्रा. डा. गोविन्द केसीले ११ बुदे सहमति मन्त्री परिषदवाट शुक्रवारसम्म अनुमोदन नभए पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन । उनले माथेमा प्रतिवेदन र ११ वुदे सहमतिमा कुनै परिवर्तन स्विकार्य नहुने जनाएका छन । ‘हामीले सरकारसँग चाहिने भन्दा धेरै सम्झौता गरि सक्यौं’ डा. केसीले भने ‘अब हामीलाई सामान्य परिवर्तन पनि स्विकार्य छैन ।’ डा. केसीको १४ दिने छैठो अनसनपछि सरकार संग सहमति भएको २४ घन्टा वित्न नपाउदै मन्त्री परिषदले वाचाअनुसार सम्झौता पारित नगरेपछि उनी पुनः अनसन वस्ने जनाइ सकेका छन । सहमति मन्त्री परिषदको पहिलो बैठकवाटै पारित गर्ने लिखित सम्झौता भएको थियो । सहमतिपत्रमा डा।केसीसंगै सरकारका तर्फवाट मुख्य सचिव सोमलाल सुवेदी र योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले हस्ताक्षर गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्