नेभिगेशन
अन्य

संविधान निर्माण प्रक्रियाको अमेरिकाद्वारा स्वागत

काठमाडौ। नेपालको जारी नयाँ संविधान निर्माण प्रक्रियाको अमेरिकाले पनि स्वागत गरेको छ । नयाँ संविधान निर्माण भएर जारी हुनै लागेको अन्तिम समय सबैले शान्तिपूर्ण र गैरहिंसात्मक तबरले आफ्नो कुरा राख्नु पर्नेमा पनि जोड दिएको छ । यस्तै सुरक्षा निकायले पनि संयमता अपनाउनु पर्नेमा अमेरिकी प्रवक्ता जोन किरबीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा नेपालको नयाँ संविधान आर्थिक विकासको आधार बन्नेमा अमेरिका विश्वस्त रहेको बताइएको छ । यस्तै नयाँ बन्ने संविधानले सबैको मौलिक हक तथा लैंगिक समानतालाई सम्मान गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । संविधानसभाले बनाउने नयाँ संविधानले सबै जाती, धर्म, वर्ग र समुदायलाई समेट्ने विश्वास समेत प्रकट गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्