नेभिगेशन
अन्य

राष्ट्रपतिलाई संविधान जारी गर्ने कार्यक्रममा सहभागी हुन निम्तो दिइयो

काठमाडौं । राष्ट्रपति रामबरण यादवलाई भेटेर संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधान जारी गर्ने विशेष कार्यक्रमको निम्तो दिएक छन् । नेम्बाङले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति यादवलाई औपचारिक निम्तो दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति यादवले छिट्टै औपचारिक जवाफ पठाउने बताए बताएका छन्। नयाँ संविधान असोज ३ गते जारी हुने भएको छ । संविधानसभाबाट नेपालको नयाँ संधिवान २०७२ औपचारिक रुपमा जारी गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले तयारी गरेका हुन् । संविधान सभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेलका अनुसार, आइतबारदेखि धारागत रुपमा पारित गर्दै गएको संविधानको मस्यौदा सभाबाट पारित गरी अन्तिम संविधान असोज ३ गते ५ बजे संविधानसभा भवनमा आयोजित विशेष कार्यक्रमबाट जारी हुने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्