नेभिगेशन
अन्य

संविधान निर्माण प्रक्रियामा भएको प्रगतिप्रति भारतको स्वागत

काठमाडौं । भारतले नेपालमा संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको प्रगतिको स्वागत गरेको छ । यस क्रममा धेरै विवादित विषय सामधान भइसकेको भन्दै त्यसका लागि नेपाली नेताहरुले प्रदर्शन गरेको एकताको उसले सराहना गरेको छ । नयाँ संविधान मुलुकका सबै क्षेत्र, भाग र समाजले ग्रहण गर्न सक्ने र अपेक्षा पूरा हुनुपर्छ भन्ने चाहना रहेको पनि भारतले जनाएको छ । ‘भारतले सधैं नेपालमा शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आइरहेको छ,’ भारतीय विदेश मन्त्रालयले सोमबार प्रकाशित गरिएको विज्ञप्तिमा भनिएको छ,‘दुई दशकयता नेपालमा हिंसा, अस्थिरता, आन्तरिक द्वन्द्व र राजनीतिक विवादको पनि हामी साक्षी हौं, जसले नकारात्मक परिणामहरु समेत दिँदै आएका छन् ।’ नेपाल अझै यो संकटबाट माथि उठ्न नसकेको औंल्याउँदै गत वैशाखको महाभूकम्पले पुर्याएको ठूलो क्षतिका सन्दर्भमा यो पीडादायी रहेको विज्ञप्तिमा उल्लेख छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्