नेभिगेशन
अन्य

पेस्तोलसहित सिरहामा दुई जना पक्राउ

लहान । जिल्लाको दक्षिण सीमावर्ती इनर्वा–८ बाट प्रहरीले मंगलबार बिहान कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा गौरीप्रवाहाका दामोदर पासवान२६ र ढल्केवर–७ का नुरमोहम्मद अन्सारी–५० रहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी उमाप्रसाद चतुर्वेदीले जनाकारी दिए। इनर्वा–८ स्थित पोखरीको डिलमा ७/८ जनाको समूहको डिलमा बसिरहेको बेला ठाढी प्रहरी चौकीको गस्ती प्रहरी टोलीले शंका लागेर त्यहाँ पुगेका थिए। प्रहरी देखेर बाँकी मानिस फरार भएका थिए। नियन्त्रणमा लिइएका दुई जनाको शरीर तलासी गर्दा उनीहरुको साथबाट एक थान कटुवा र चार राउण्ड गोली बरामद भएको चतुर्वेदीले बताए। पक्राउ परेकाहरुको साथबाट सेतो र पहेँलो धुलो ५० ग्राम समेत बरामद भएको डीएसपी चतुर्वेदीले बताए। यो धुलो लागुऔषध हो वा अन्य कुनै वस्तु परीक्षण पश्चात प्रष्ट खुल्ने उनले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्