नेभिगेशन
अन्य

प्रधानमन्त्री शीतलनिवास जाँदै, सभाध्यक्ष संविधान घोषणाको निम्तो दिन भोली जाने

काठमाडौं । संविधान जारी गर्ने मिति असोज ३ गतेका लागि निश्चित भएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर निम्तो दिन चाहे पनि सोमबार साँझ सभाध्यक्षको ईच्छा पूरा भएन । संविधान घोषणाको विषयमा निम्तो दिन शीतलनिवास जान चाहेका सभाध्यक्षलाई राष्ट्रपतिले समय नमिल्ने जानकारी दिएको स्रोतले बतायो । सभाध्यक्षले सोमबार साँझ साढे ७ बजे राष्ट्रपतिलाई भेट्न चाहेका थिए । स्रोतका अनुसार राष्ट्रपतिले पहिले प्रधानमन्त्रीसँग कुरा गरेपछि मात्रै सभाध्यक्ष नेम्वाङसँग कुरा गर्ने बताएका छन् । राष्ट्रपतिले भेट्न अन्कनाएपछि यो विषय संविधानसभा सचिवालयमा रहस्यको विषय बन्यो । तर, शीतलनिवास स्रोतले भने यलाई सामान्य विषय भनेको छ । ‘सोमबार साँझ प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपतिसँग भेट गर्ने सम्भावनाका कारण सभाध्यक्षसँग मंगलबार बिहान भेट गर्ने समय मिलाइएको हो,’ । शीतलनिवास स्रोत भन्छ–‘‘संविधान जारी हुने भइसकेपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई निम्तो गर्नुहोला, त्यसपछि सभाध्यक्षले निम्तो गर्नुहोला, यो सामान्य प्रक्रियाभित्रको कुरा हो ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्