नेभिगेशन
अन्य

नयाँ संविधान असोज ३ गते ५ बजे

काठमाडौं । नयाँ संविधान असोज ३ गते जारी हुने भएको छ। संविधानसभाबाट नेपालको नयाँ संधिवान २०७२ औपचारिक रुपमा जारी गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले तयारी गरेका हुन्। नेम्वाङका स्वकीय सचिव एवम संविधान सभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेलका अनुसार, आइतबारदेखि धारागत रुपमा पारित गर्दै गएको संविधानको मस्यौदा सभाबाट पारित गरी अन्तिम संविधान असोज ३ गते ५ बजे संविधानसभा भवनमा आयोजित विशेष कार्यक्रमबाट जारी गर्न राष्ट्रपति डा.रामवरण यादवलाई निम्तो दिन जाने तयारी गरेको बताए। संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा यादवले संविधान जारी भएको घोषणा गर्नुहुनेछ । संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको छ । लामो राजनीतिक खिंचातानी, अन्योल तथा राजनीतिक दलबीचको संवाद, सहकार्य र वार्ताको मात्रै समाचार सुन्दै आएका नेपाली जनताले पहिलो पटक संविधान जारी हुने मिति थाहा पाएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्