नेभिगेशन
अन्य

अन्दोलनकारीद्धारा नवलपरासीमा स्कूलबसमा आगजनी

कावासोती । नवलपरासीको परासीमा आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै स्कुल बस जलाइ दिएका छन्। नवलपरासी प्रहरीका अनुसार आन्दोलनकारीले गएराति करिब एक बजे तिर परासीस्थित लिटल एन्जल्स उच्च माध्यमिक विद्यालयको लु १ क ९५६ नम्बरको बसमा आगो लगाएका हुन्। बसलाई दुई जनाको समूहमा आएका आन्दोलनकारीले रामग्राम नगरपालिका ४ मा जलाइदिएका हुन् ।आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ। बन्दका कारण एक महिनादेखि रोकिराखेको बस आन्दोलनकारीसँग अनुमति लिएर विद्यालय खुलेपछि सञ्चालन गर्न थालिएको थियो। आन्दोलनकारी भित्रकै अर्को समूहले बसमा आगजनी गरेको विद्यालयका प्रिन्सिपल सुमनगोपाल आचार्यले जनाए। यसअघि आन्दोलनकारीले परासी क्षेत्रमा बिहान विद्यालय खोल्न र साँझ बजार खोल्न सहमत भएका थिए। यसैबीच प्याब्सन नवलपरासकीका अनुसार सोमबार देखि आन्दोलनकारीहरुले पुनः विद्यालय बन्द गराउंदै हिडेका कारण आजदेखि पुनः विद्यालय बन्द भएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्