नेभिगेशन
अन्य

संविधान निर्माणमा आउनुस अन्तरिम संविधान भन्दा पछि हटिदैन् : प्रधानमन्त्री

काठमाडौं । मधेस आन्दोलनको माग बमोजिम जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधानको बिधेयकमा आवश्यक संशोधन गर्न प्रमुख तीन दल सहमत भएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाको बैठकलाई सम्बोधन गर्दै एक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याको अनुपातमा क्षेत्र निर्धारणको लागि आवश्यक संशोधन प्रस्ताव पारित गरिने प्रतिवद्धता जनाए । कोइरालाले समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता अन्तरिम संविधान बमोजिमनै हुने समते प्रष्ट पारे । आन्दोलनको अर्को महत्वपूर्ण मागलाई सम्बोधन गर्दै कोइरालाले भने–‘अन्तरिम संविधानभन्दा पछि हटिदैन,संविधानको प्रस्तावित सामाजिक न्यायको सिद्धान्त सम्बन्धी धारामा सबैको भावना बमोजिम संशोधन गर्न तयार छौं । कोइरालाले मधेस तथा थरुहट आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिइने र घाइतेको उपचारका कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए । आन्दोलन शान्तिपूर्ण हुनासाथ कफ्र्यु र सुरक्षाकर्मीको परिचालनलाई हटाएर सामान्य बनाइने प्रतिबद्धता समेत कोइरालाले जनाए । तर, अहिले सेना परिचालन नभएको समेत प्रष्ट पारे । ‘सेना कहाँबाट परिचालन भएको छ ? राष्ट्रियरुपमा कहीँ परिचालन भएको छैन । स्थानीय स्तरमा सुरक्षा व्यवस्था मिलाउन केही ठाउँमा सेना पनि कानुनबमोजिम आएको हो’ कोइरालाले भने । सभासदको घर जलाउने, सर्वसाधारणको घर तोडफोड गर्ने, प्रहरी सुरक्षाकर्मीलाई जिउँदै जलाएर मार्ने आन्दोलन कसरी शान्तिपूर्ण हुन्छ भन्ने प्रश्न गर्दै कोइरालाले भने–‘यहाँ कसले ऊ गरेको छ ? कोइरालाले कुनै पनि समुदायका हक अधिकार नखोसिने आश्वासन समेत दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्