नेभिगेशन
अन्य

जनतासंग संविधान बनाउने भनेर गरेको बाचा खेर जान दिन्न :ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हामीले जनतालाई दिएको बाचा यो पटक खेर जान नदिने बताएका छन्। संविधानसभाको दफादार छलफलमा भाग लिदै ओलीले भने, ‘हामी संविधान बनाउने ऐतिहासिक जिम्मेवारी पूरा गर्दैछौं। हाम्रा सामू अप्ठायारा भएपनि राजनीतिक दल र सभासदले आफ्नो अभिभारा जनतामाझ गरेका बाचा खेर जान नदिने अठोटलाई पुरा गर्छौ।’ उनले आज हामी एउटा अत्यन्त महत्वपूर्ण ऐतिहासिक घडिमा आइपुगको भन्दै नेपाल र नेपाली जनताका अगाडि रहेको समस्या समाधान गर्ने, विगतमा जनताले गरेका बलिदानी पूर्ण संघर्ष संस्थागत गर्न आफैले बनाएको संविधानसभाबाट उपलब्ध हुने र नेपाललाई अब यथास्थितीमा वा अप्ठायारो अवस्थामा रुमलिन नदिएर अघि बढाउने निर्णयाक फैसला गर्ने विन्दुमा आइपुगेका बताए। उनले भने – ‘सबै पेसा वर्ग व्यवसायका जनताको हकहित सुरक्षित गर्न हामी कहि कतै त्रूटि भए सच्याउन तयार छौं। संविधानसभा छाडि बाहिर गएका साथीहरु भावनामा नबगौं। अब यो सभाबाट अविलम्ब संविधान जारी गरी सबै अपनत्व लिइ जारी गरौं।’ उनले भने, ‘आफ्ना कुरा जे हो त्यहि हुन सक्दैन। त्यसमा हामीले अरुका कुरा पनि सुनी सहमति गर्नु पर्छ। त्यहि अनुसार विधेयक अघि बढाएका छौं। कसैप्रति आग्रह पूर्वाग्रह राख्न जरुरी छ। बाहिर गएका दल र सभासद यहाँ आए उनीहरुका माग सम्बोधन गर्न तयार छौं। प्रक्रिया रोकेर होइन। सर्वसम्मतिले संविधान बनाउन विविध विचार र सोचका दलहरुबीच संविधान जारी गर्ने कुरामा सहमति हुनु राम्रो हो।’ लोकतन्त्रमामा असहमति हुने भन्दै ओलीले असहमति राख्न पाउने प्रतिपक्षको अधिकार हो तर सहुष्णता हुनुपर्ने भन्दै असहमतिलाई सहमतिमा परिणत गर्न सकिने तर बलजफती थोपार्न नसकिने बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्