नेभिगेशन
अन्य

विदेसी चलखेलका कारण सहमति गर्नुपर्‍यो :दाहाल

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्प कमल दाहालले नेपाली राजनीतिमा ड्रयागनको दाँत रोपेको तर संविधान निर्माण मार्फत झिगाँ र उपियाँ फलेको बताएका छन्। संविधानको परिर्माजित विधेयकमाथिको दफावार छलफलमा बोल्दै दाहालको उक्त कुरा बताएका हुन्। उनले आफूले चाहेको भन्दा भिन्न खालको संविधानको मस्यौदा बनेको बताउँदै निराशा ब्यक्त गरे। नेपाली जनताले आफ्नो फैसला आँफै निर्माण गर्न सक्छन् या सक्दैनन् भन्ने प्रश्न चिन्ह खडा भएकाले उनले अहिले संविधान निर्माणमा आफू लाग्नुपरेको बताए। ‘यस बीच हामीले षडयन्त्र र चलखेल देख्यौं’ उनले भने,‘ नेपाली जनता आफ्नो फैसला आँफै गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न खडा भएको छ।’ विदेशीका स्वार्थ यति बेला नै तिखो रुपमा आएका र जुन स्वाभाविक भएको बताउदै दाहालले संविधान निर्माण पटक पटक हुने बिषय नभएकाले अधिकार नगुमोस् भनेर जनता आन्दोलित हुनु पनि स्वभाविक नै भएको तर्क गरे । अहिले नेपाली जनता र संविधानसभाले संविधान बनाउन सक्छौं कि सक्दैनौ भन्ने प्रश्न खडा भएको भन्दै अध्यक्ष दाहालले भने– ‘नयाँ देश बनाउँछु भन्ने कतिपयको मत राष्ट्रघाती र मधेसघाती भएको उनले बताए। काठमाडौंमा मधेसी, किराँती सबैको ऐतिहासिक कालदेखि छाप भएकाले अधिकार खोज्नुपर्ने उनको विचार थियो।’ । दाहालले आफुले नेपालको सार्वभौम अखण्डता, राष्ट्रिय एकता अक्षुण राखी संविधान जारी गर्ने प्रस्तावनाको अंश पढ्दा हामी पहिलोपटक संविधान जारी गर्दा यो गौरवको क्षण भएको बताए । उनले ६५ वर्षको विभिन्न संघर्षको कुल योगफलको जगबाट हामी आइपुगेको हो सम्भवतः आज हामी दलको नेताको हैसियतले संविधानसभामा बोल्ने अन्तिम अवसर भएको बताए । उनले भने –‘जनताको निम्ति बनाइने सबैभन्दा बैज्ञानिक विधि र प्रक्रियामा ल्याउने सबै योद्दाप्रति सम्मान प्रकट गर्छु। उनीहरूको त्याग र बलिदानले नेपालमा पहिलो पटक संविधान जारी गर्ने कार्य सफल हुँदैछ। संविधानसभामा पछिल्लो पटक २००७ साल वरपर यो विषय ओझेलमा परेपनि सबै राजनीतिक दल र नेपाली जनताको एजेण्डा बनाउने अवसर हाम्रो दललाई प्राप्त भयो। निकै ठूलो त्याग गरी यसलाई सबैको साझा तात्कालिक मुद्दा बन्न पुग्यो र शान्ति प्रक्रियाहुँदै संविधान बनाउने मुद्दा बन्यो।’ अध्यक्ष दाहाले भने ‘पहिलो संविधानसभाबाट संविधान बनाउन सकेनौ। अहिले पनि कतै नबन्ने हो कि भन्ने कालो बादल मडारिएको छ। धेरै किसीमकका चलखेल र षडयन्त्र देख्यौं। कतै नेपालका नेताहरु आफ्नै प्रतिज्ञामा निर्णय गर्न सक्षम छैनन् भन्ने शंकाको चिन्ता भयो। नेपाल आफ्नै नागरिकको निर्णयका आधारमा आफ्नो भाग्य निर्धारण गर्न सक्छन कि सक्दैन भन्ने प्रश्न उभिएको छ।’ उनले कोलको गोरू घुमेजस्तो चक्रब्यूहमा फस्ने हुन् कि भन्ने अवस्थामा भएको बताउदै उनले भने ‘हजार वर्ष यताका ठूला व्यक्ति कार्ल माक्स मैले ड्रागनको दात रोपेको फल्ने बेलामा उपियाँ फल्यो भने जस्तै भयो। मैले युद्वको बेला जे रोपेको थिए अहिले उपीय र झिगा जस्तो फल आएको छ। तर पनि यो अग्नि परीक्षाको क्षणमा हामी आफ्नो भविश्य निर्धारण गर्न सक्छौ कि सक्दैनौं।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्