नेभिगेशन
अन्य

संविधान निर्माण प्रक्रियामा फर्किने राप्रपा नेपालको निर्णय

काठमाडों । संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको राप्रपा नेपालले पुन त्यसमा सहभागी हुने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा पुन सहभागी हुने निर्णय गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए। आजको बैठकमा अध्यक्ष कमल थापाले संविधान निर्माणको बाँकी प्रकृयामा सहभागी हुने पहिलो प्रस्ताव गरेका थिए। उनको सो प्रस्ताव सर्वसम्मतले पारित गरेको श्रेष्ठले बताए। प्रमुख दलहरुदेखि असन्तुष्ट रहेको राप्रपा नेपालले गत बुधबार संविधान निर्माण प्रक्रियाबाट बाहिरिने घोषणा गरेको थियो। आफूले उठाएको मुद्दा संविधानसभा भित्रै सर्घष गरेर स्थापित गर्ने बैठकले निर्णय गरेको श्रेष्ठले जानकारी दिए । प्रमुख ३ दलका नेताले संविधानसभामा फर्कन आग्रह गरेपछि उ फर्कन राजी भएको हो। कांग्रेस, एमाले र एकीकृत माओवादीले पत्राचार नै गरेर राप्रपा नेपाललाई फर्कन आग्रह गरेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्