नेभिगेशन
अन्य

प्रक्रिया रोकेर भए पनि वार्ता गरौं :एमाओवादी

काठमाडों । एमाओवादी शीर्ष नेताहरु असन्तुष्ट दलहरुसँग वार्ताका लागि आवश्यक परे एक÷दुई दिन प्रक्रिया रोक्न सकिने निष्कर्षमा पुगेका छन् । औपचारिक निर्णय नभए पनि बिहीबार पार्टीका तीन शीर्ष नेताको छलफल यस्तो निष्कर्षमा पुगेको हो । बिहीबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा भएको छलफलमा मधेसमा थप हिंसा रोक्न सरकार र शीर्ष नेताहरुले सहमति खोज्ने अन्तिम प्रयासस्वरुप संविधानका धारामाथि मतदान प्रक्रिया आवश्यक परे रोक्ने सहमति भएको हो । ‘कांग्रेस र एमालेसँग हामीले यसै निर्णयलाई प्रस्तावका रुपमा लैजाने भएका छौं,’ वरिष्ठ नेता बाबुराम भट्टराईले भने, ‘भोलि बिहान प्रधानमन्त्री निवासमा हुने बैठकमा यसबारे छलफल हुनेछ ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव चुडामणि खड्काका अनुसार आवश्यक परे एक÷दुई दिन प्रक्रिया रोक्ने वा लम्ब्याउने बारे छलफल भएको छ । ‘यही प्रक्रियाभित्र छलफल गरेर समाधान निकाल्न सकिन्छ, नभए एक÷दुई दिन प्रक्रिया लम्ब्याएर भए पनि वार्ता गर्न सकिन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै उनले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्