नेभिगेशन
अन्य

प्रधानमन्त्री दुई साताका लागि अमेरिका जाने निश्चित

काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला राष्ट्रसंघीय महासभामा भाग लिन असोजको पहिलो साता अमेरिका जाने निश्चित भएको छ । उनको भ्रमण दुई साता लामो हुनेछ । उनले असोज १४ मा महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रमुख तीन दलले संविधानसभाबाट भदौभित्रै संविधान जारी गर्ने प्रक्रिया अघि बढाएको र प्रस्तावित सीमांकनको विरोधमा मधेसमा आन्दोलन चर्किइरहेका बेला कोइरालाको भ्रमण तालिका तय भएको हो । आगामी मन्त्रिपरिषद् बैठकमा उनको भ्रमण कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत हुँदैछ । आन्दोलनरत दलका मागलाई सम्बोधन गरी अधिकतम सहमतिमा संविधान जारी गर्न भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा भ्रमण तय भएको हो । कोइराला राष्ट्रसंघको ७० औं महासभामा सहभागिताका अलावा स्वास्थ्य परीक्षणका लागि समेत असोज ६ मा न्युयोर्क जान लागेका हुन् । कोइरालाले जटिल राजनीतिक अवस्थामा देशबाहिर जानु उपयुक्त हुन्न कि भन्ने धारणा राख्दा सल्लाहकारहरूले महासभामा प्रधानमन्त्रीको उपस्थिति आवश्यक छ भन्ने सल्लाह दिएका हुन् । प्रधानमन्त्री दोधारमा रहेको भए पनि उनी सल्लाहकारहरूको सुझावको प्रभावमा परेको निकटस्थहरूले बताए । प्रधानमन्त्री कार्यालयले जारी गरेको विदेश भ्रमण निर्देशिकाले टोली तय गर्न अप्ठ्यारो परेको पनि स्रोतले उल्लेख गरेको छ । निर्देशिकाले भ्रमण टोली सानो हुनुपर्ने स्पष्ट किटान गरेको छ । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिएको ६० वर्ष पुगेको र राष्ट्रसंघको ७० औं वर्षगाँठ भन्दै नेपालको पछिल्लो राजनीतिक अवस्था र आफ्नै दलको महाधिवेशनको अन्योलबीच कोइराला अमेरिका जाने निर्णयमा पुगेका हुन् । राष्ट्रसंघले सहस्राब्दी विकास लक्ष्यको कार्यक्रम बदलेर दिगो विकास लक्ष्य घोषणा गर्ने भएकाले त्यसमा प्रधानमन्त्रीस्तरकै सहभागिता आवश्यक पर्ने भन्ने निकटस्थहरूको तर्क छ । ‘प्रधानमन्त्रीस्तरको सहभागिता रहने जानकारी राष्ट्रसंघलाई दिइएको छ । तर, समयमा संविधान जारी भएको खण्डमा प्रधानमन्त्री न्युयोर्क जानुहुन्न । संविधान जारी हुन नसक्दाको अवस्थामा यहाँको परिस्थिति हेरेर जाने तयारी छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले भने । परराष्ट्र मन्त्रालयले आइतबार नै प्रधानमन्त्रीलाई भ्रमणबारे जानकारी गराएको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहितको टोलीले राष्ट्रसंघमा हुने सबै प्रकारको कार्यक्रम प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको थियो । त्यसमा प्रधानमन्त्री जाने भनिएपछि परराष्ट्र मन्त्रालयले हवाई टिकटदेखि सबै तयारी गरेको छ । न्युयोर्कमा उनले सम्बोधन गर्ने, चिकित्सकलाई परीक्षण गराउने समयलगायतको कार्यक्रम तय भइरहेको मन्त्रालयका अधिकारीले बताए । परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले राष्ट्रसंघीय महासभामा सहभागी हुने प्रतिनिधिमण्डलबारे निर्णय भइनसकेको तर उच्चस्तरको भ्रमणको तयारी भएको बताए । न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगले सकभर प्रधानमन्त्रीको भ्रमण हुनुपर्ने भन्दै लबिङ गरेको छ । असोज ८ देखि ३ दिनसम्म चल्ने राष्ट्रसंघको दिगो विकास सम्मेलनमा सहभागी हुन भ्याउने गरी प्रधानमन्त्री जान लागेका हुन । पछिलो जानकारीअनुसार असोज १४ मा प्रधानमन्त्री कोइरालाले राष्ट्रसंघमा सम्बोधन गर्ने र भोलिपल्ट स्वास्थ्य परीक्षण गर्ने तालिका नै तय भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्ने संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाको मिसनमा योगदान दिने मुलुकको सम्मेलन र चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने दक्षिण दक्षिण सहकार्य बैठकमा सहभागिता रहने अवसरलाई चुक्न नदिन प्रधानमन्त्रीकै उपस्थितिमा जोड दिइएको हो । प्रधानमन्त्री कोइराला गत वर्ष पनि महासभामा सहभागी हुन र स्वास्थ्य उपचार गर्न भन्दै न्युयोर्क गएका थिए । दक्षिण एसिायाली क्षेत्रीय सहयोग संगठन सार्कको विदेशमन्त्री स्तरीय बैठक पनि महासभाको साइडलाइनमा सदाझैं यसपटक पनि हुने भएको छ । उक्त बैठकमा सहभागी हुन आठै सदस्य मुलुकका विदेशमन्त्रीहरूको उपस्थिति रहने प्रचलन छ । कान्तिपुर दैनिकमा समाचार छ । प्रधानमन्त्री दुई साताका लागि अमेरिका जाने निश्चित काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला राष्ट्रसंघीय महासभामा भाग लिन असोजको पहिलो साता अमेरिका जाने निश्चित भएको छ । उनको भ्रमण दुई साता लामो हुनेछ । उनले असोज १४ मा महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रमुख तीन दलले संविधानसभाबाट भदौभित्रै संविधान जारी गर्ने प्रक्रिया अघि बढाएको र प्रस्तावित सीमांकनको विरोधमा मधेसमा आन्दोलन चर्किइरहेका बेला कोइरालाको भ्रमण तालिका तय भएको हो । आगामी मन्त्रिपरिषद् बैठकमा उनको भ्रमण कार्यक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत हुँदैछ । आन्दोलनरत दलका मागलाई सम्बोधन गरी अधिकतम सहमतिमा संविधान जारी गर्न भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा भ्रमण तय भएको हो । कोइराला राष्ट्रसंघको ७० औं महासभामा सहभागिताका अलावा स्वास्थ्य परीक्षणका लागि समेत असोज ६ मा न्युयोर्क जान लागेका हुन् । कोइरालाले जटिल राजनीतिक अवस्थामा देशबाहिर जानु उपयुक्त हुन्न कि भन्ने धारणा राख्दा सल्लाहकारहरूले महासभामा प्रधानमन्त्रीको उपस्थिति आवश्यक छ भन्ने सल्लाह दिएका हुन् । प्रधानमन्त्री दोधारमा रहेको भए पनि उनी सल्लाहकारहरूको सुझावको प्रभावमा परेको निकटस्थहरूले बताए । प्रधानमन्त्री कार्यालयले जारी गरेको विदेश भ्रमण निर्देशिकाले टोली तय गर्न अप्ठ्यारो परेको पनि स्रोतले उल्लेख गरेको छ । निर्देशिकाले भ्रमण टोली सानो हुनुपर्ने स्पष्ट किटान गरेको छ । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिएको ६० वर्ष पुगेको र राष्ट्रसंघको ७० औं वर्षगाँठ भन्दै नेपालको पछिल्लो राजनीतिक अवस्था र आफ्नै दलको महाधिवेशनको अन्योलबीच कोइराला अमेरिका जाने निर्णयमा पुगेका हुन् । राष्ट्रसंघले सहस्राब्दी विकास लक्ष्यको कार्यक्रम बदलेर दिगो विकास लक्ष्य घोषणा गर्ने भएकाले त्यसमा प्रधानमन्त्रीस्तरकै सहभागिता आवश्यक पर्ने भन्ने निकटस्थहरूको तर्क छ । ‘प्रधानमन्त्रीस्तरको सहभागिता रहने जानकारी राष्ट्रसंघलाई दिइएको छ । तर, समयमा संविधान जारी भएको खण्डमा प्रधानमन्त्री न्युयोर्क जानुहुन्न । संविधान जारी हुन नसक्दाको अवस्थामा यहाँको परिस्थिति हेरेर जाने तयारी छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले भने । परराष्ट्र मन्त्रालयले आइतबार नै प्रधानमन्त्रीलाई भ्रमणबारे जानकारी गराएको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहितको टोलीले राष्ट्रसंघमा हुने सबै प्रकारको कार्यक्रम प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको थियो । त्यसमा प्रधानमन्त्री जाने भनिएपछि परराष्ट्र मन्त्रालयले हवाई टिकटदेखि सबै तयारी गरेको छ । न्युयोर्कमा उनले सम्बोधन गर्ने, चिकित्सकलाई परीक्षण गराउने समयलगायतको कार्यक्रम तय भइरहेको मन्त्रालयका अधिकारीले बताए । परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले राष्ट्रसंघीय महासभामा सहभागी हुने प्रतिनिधिमण्डलबारे निर्णय भइनसकेको तर उच्चस्तरको भ्रमणको तयारी भएको बताए । न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगले सकभर प्रधानमन्त्रीको भ्रमण हुनुपर्ने भन्दै लबिङ गरेको छ । असोज ८ देखि ३ दिनसम्म चल्ने राष्ट्रसंघको दिगो विकास सम्मेलनमा सहभागी हुन भ्याउने गरी प्रधानमन्त्री जान लागेका हुन । पछिलो जानकारीअनुसार असोज १४ मा प्रधानमन्त्री कोइरालाले राष्ट्रसंघमा सम्बोधन गर्ने र भोलिपल्ट स्वास्थ्य परीक्षण गर्ने तालिका नै तय भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आयोजना गर्ने संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाको मिसनमा योगदान दिने मुलुकको सम्मेलन र चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने दक्षिण दक्षिण सहकार्य बैठकमा सहभागिता रहने अवसरलाई चुक्न नदिन प्रधानमन्त्रीकै उपस्थितिमा जोड दिइएको हो । प्रधानमन्त्री कोइराला गत वर्ष पनि महासभामा सहभागी हुन र स्वास्थ्य उपचार गर्न भन्दै न्युयोर्क गएका थिए । दक्षिण एसिायाली क्षेत्रीय सहयोग संगठन सार्कको विदेशमन्त्री स्तरीय बैठक पनि महासभाको साइडलाइनमा सदाझैं यसपटक पनि हुने भएको छ । उक्त बैठकमा सहभागी हुन आठै सदस्य मुलुकका विदेशमन्त्रीहरूको उपस्थिति रहने प्रचलन छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्