नेभिगेशन
अन्य

गच्छदारलाई फकाउदै प्रमुख तीन राजनीतिक दल

गच्छदारलाई फकाउदै कांग्रेस काठमाडौं । नेपाली कांग्रेस सात प्रदेशको सिमाङकनपछि असंतुष्ट बनेर संविधान निर्माणको जारी प्रक्रियाबाट बाहिरिएको मधेशी जनअधिकार फोरम लोकतान्त्रीकलाई मनाउने प्रयास थालेको छ । गच्छदारसँग नेपाली कांग्रेसले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तयारी गरेको छ । गच्छदार मंगलवार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएर संविधान निर्माणको जारी प्रक्रियाबाट औपचारिक रुपमा बाहिरिएको घोषणा गरेका थिए । गच्छदारसंगे एमाले र एमाओवादीले पनि छुट्टा छुट्टै छलफल गर्ने तयारी गरेका छन्। प्रमुख तीन राजनीतिक दलले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई संविधान निर्माण प्रकियाबाट बाहिर जान नदिन छलफल चलाउने भएका छन्। संविधान सभा भवन बानेश्वरमा मंगलबार साँझ बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका शीर्ष नेताहरुको बैठकले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसंग छुट्टा छुट्टै छलफल चलाउने निर्णय गरेका छन्। नयाँ संविधानको विधेयक मस्यौदाको संसोधनमा पार्टीले अघि सारेका एजेन्डा सम्बोधन नभएको भन्दै संविधानसभा प्रक्रियाबाट अलग हुने निर्णय लिएको थियो। १६ बुँदे सहमतिमा सहभागि गच्छदारले संविधान निर्माणको प्रक्रियाबाट बाहिरिने निर्णय गरेपछि तीन दलले उनलाई फकाउने प्रयास थाल्न लागेका हुन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्