नेभिगेशन
कला/शैली

सिड्नी बन्यो गजलमय, गजल मुशायरा २०१५ सम्पन्न

सिड्नी । एक सय ५० औं मोती जयन्तीको अवसरमा अस्ट्रेलियाको सिड्नीमा गजल मुशायरा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान, साताको साहित्य र रचना वाचनद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा सिड्नीका गजलकारहरुले गजल प्रस्तुत गरेका थिए। करिव तीन घण्टासम्म चलेको उक्त कार्यक्रममा गजल वाचनको साथमा गजल गायन र नृत्य पनि प्रस्तुत गरिएको थियो। सिड्नीका गजलकारहरु महेश्वर शर्मा, भिम न्यौपाने, भीमसेन सापकोटा, बिज्ञान कँडेल, दिपक निरौला, बिष्णु सापकोटा, विनायक अधिकारी, निरज जोशी, महेन्द्र पौडेल, जितेन्द्र मल्ल, निष्प्रभ सजी, सजल नयन, सुरजदेव श्रेष्ठ, गोपी दवाडी र आलोक कोइरालाले आआफ्नो गजलहरु वाचन गरेका थिए । त्यस्तै प्रदिप प्चापागाईं, मोक्षदा सिलवाल, इश्वर पोखरेल र संजीव पराजुलीले गजल गाएर गजल प्रेमी दर्शकहरुलाई मनोरञ्जन दिए, भने दीपा भट्टराई र दीपिका वस्यालले नृत्य प्रस्तुत गरे । 11986937_408215872711622_2449272837742842831_n सिड्नीमा आयोजित हुने प्रायस् कार्यक्रमहरुमा भाषण लगायतका औपचारिक क्रियाकलापहरुबाट दिक्क हुने गरेका दर्शकहरुले यस कार्यक्रममा त्यसबाट छुटकारा पाएका थिए किनकि यस कार्यक्रममा त्यस किसिमको कुनै पनि औपचारिक कार्यक्रम समावेस गरिएको थिएन। कार्यक्रम गजलबाट सुरु भएर गजलमा नै अन्त्य भएको थियो। दर्शकहरुको वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा प्रस्तुत हरेक गजलहरुमा वाह वाह र ताली गुञ्जिएको थियो। उपस्थित दर्शक हरुमध्येका एक वरिष्ठ गीतकार एवं साहित्यकार नवराज कार्कीले कार्यक्रम अत्यन्तै उत्कृष्ट र स्तरिय रहेको टिप्पणी गरे । 11953179_408218862711323_8310123926836276948_n कार्यक्रममा नेपाली समुदायका अग्रज अविभावकहरु इन्द्रा वन, डा. नारायण प्रधान, एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, समाजसेवी भरत पोखरेल, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी पूर्व अध्यक्ष जानकी पौडेल तथा वर्तमान अध्यक्ष सुजाता के सी, वरिस्ठ साहित्यकारहरु नवराज कार्की र केदार पोखरेलको उपस्थिति रहेको थियो। गत वर्षको कार्यक्रमको भव्य सफलताबाट प्रेरित भएर यो पटक अझै बिस्तृत स्वरुपमा कार्यक्रम आयोजना गरिएको र गजल मुशायरालाई परम्पराको रुपमा स्थापित गरेर आगामी सालहरुमा पनि निरन्तरता दिइने गजलकार जितेन्द्र मल्लले नेपाल न्यूज अस्ट्रेलियालाई बताए । कार्यक्रम सुरेन्द्र दवाडीले संचालन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्