नेभिगेशन
अन्य

व्यक्तीगत रुपमा दर्ता संसोधन फिर्ता गर्न कांग्रेसको निर्देशन

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज सभासदहरुसंग भएको छलफलमा नेपाली कांग्रेसले व्यक्तिगतरुपमा दर्ता गरिएका संसोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेसका शीर्ष नेताहरुले आज विहान पार्टीका मधेसी र जनजाति सभासद्हरुसंग संविधान निर्माण बारे छलफल गरेका थिए । पार्टीका केन्द्रीय सदस्य र अन्य प्रवाभशाली सभासद्हरुलाई पनि बोलाइएको उक्त छलफलमा धेरै सभासद्हरुले अहिलेको संविधान निर्माण प्रक्रियालाई केही दिनका लागि रोकि आन्दोलनरत पक्षसंग छलफल गर्न दबाब दिए । छलफलको अन्त्यमा शीर्ष नेताहरुले,वार्ताका लागि निरन्तर प्रयास गर्ने बताएपनि संविधान निर्माण प्रक्रिया रोक्न नहुने तर्क गरे । पहिलो संविधानसभाले पनि संविधान लेख्न नसकेकी विघटन भएको र अहिले पनि फरक फरक पार्टीका फरक मत रहेकोले संझौतामा संविधान बनाएको भन्दै प्रक्रिया रोक्न नहुने जिकिर गरे। छलफलपछि सेतोपाटीसंग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने,‘मधेसी जनजाती सभासद्का मागहरु जायज होलान् तर हामीले अहिले बनाएको संझौताको दस्तावेज हो,यसमा कति कुरामा हामी नै सन्तुष्ट छैन कतिमा एमाले र कतिमा एमाओवादी सन्तुष्ट नहोला । हाम्रो असहमति छ भन्दैमा संविधानसभालाई फेरी अकर्मण्य बनाउन मिल्दैन ।’ उनले प्रश्न गरे, ‘पहिलो संविधानसभाले चारवर्षमा पनि संविधान दिन सकेन अब फेरी संविधान नदिएर दोस्रोपटक हामी अकर्मण्य बन्ने ?’ सभासदहरुले प्रक्रिया रोकेर वार्त गर्न सुझाए, तपाईँले के गर्नु हुन्छ भन्ने प्रश्नमा उनले भने,‘प्रक्रिया रोक्दैमा कुरा मिल्छ भन्ने के ग्यारेण्टी छ?’ तपाईँहरुले आन्दोलनरत पक्षलाई वार्ता गर्नै बोलाउनु भएन पहल गर्नु भएन भन्ने आरोप छ नी? भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले तीनतीन पटक बोलाउँदा उनीहरु नै नआएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्