नेभिगेशन
अन्य

फोरम लोकतान्त्रिक पनि औपचारिक रुपमा संविधान निर्माणबाट बाहिरियो

काठमाडौं । संविधान निर्माण प्रक्रियामा कांग्रेस एमाले र एमाओवादी संगै रहेको एउटा मात्र मधेशी दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक औपचारिक रुपमा संविधानसभाको संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधानसभा अध्यक्ष सुुवास नेम्वाङलाई पत्र बुझाएरै संविधानसभाको संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको हो । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले केहीदिन संविधानसभाको प्रक्रिया रोकेर आन्दोलन पक्षसँग सहमति खोज्न तीन दलका नेताको ध्यानाकर्षण गराएका छन् । ‘१६ बुँदे सहमतिबाट यहाँसम्म ल्यायौं तर, हामीलाई बाइपास गरेर अघि बढ्नुभयो’ फोरम सभासद रामजनम चौधरीले भने– ‘यसले देशलाई निकास होइन, गृहयुद्धतिर धकेल्ने काम भएको छ ।’ चौधरीका अनुसार सभाध्यक्षलाई बुझाइएको पत्रमा ठूला तीनदलको पुरानो माइन्डसेटका कारण संविधानसभा छाड्ने अवस्था आएको उल्लेख छ । ‘कर्णाली र सुर्खेतमा आन्दोलन गर्दा सम्बोधन गर्ने तर, थारु मधेसी, जनजातिलगायतले आन्दोलन गर्दा सम्बोधन भएन’ उनले भने– ‘त्यसैले हामीले त्यहाँ बस्नुको अर्थ रहेन ।’ अब आफूहरुले उठाएको मुद्दा सम्बोधन नभएपछि संविधानसभामा नजाने फोरम लोकतान्त्रिकले बताएको छ । जवाफमा सभाध्यक्ष नेम्वाङले अरुको ज्ञापनपत्र बुझ्दा धन्यवाद दिए पनि यो पकट नसक्ने बताए । तीनदलका नेताहरुलाई ध्यानाकर्षण गराउने भन्दै सभाध्यक्ष नेम्वाङले भने – ‘तीन दल वा अन्य सभासदले राखेको संशोधनबाट निकास दिने बाटो हुन सक्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्