नेभिगेशन
अन्य

संविधानसभाको बैठक दिउँसो २ बजेसम्मलाई सर्‍यो

काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको संविधानसभाको बैठक दिउँसो दुई बजेका लागि सारिएको छ । संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले बैठक दिउँसो दुई बजेसम्मका लागि सारिएको जानकारी दिए । मंगलबारको बैठकमा संविधानसभामा नयाँ संविधानको विधेयकमाथि परेका संशोधन प्रस्तावका बारेमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा संशोधन दर्ता गराउने सभासदलाई क्रमसंख्याका आधारमा पालैपालो संशोधन प्रस्तुत गर्न दिने तयारी भएको संविधानसभा सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भएको क्रमअनुसार संशोधनदर्ता दललाई बैठकमा संशोधन पेस गर्न दिने तयारी रहेको छ । भदौभित्र संविधान जारी गर्ने लक्ष्यसहित संविधानसभामा छलफल अगाडि बढाउने संविधानसभा अध्यक्ष सुवास नेम्वाङको तयारी रहेको छ । सोमबार अबेरसम्म सभासद्हरुले संविधानको विधेयकमा हालेको संशोधन फिर्ता लिने क्रम जारी रहेको थियो। जसका कारण सभासद्हरुलाइ वितरण गर्न संशोधन छपाईमा ढिला भएपछि बैठक सरेको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्