नेभिगेशन
अन्य

आजबाट नयाँ संविधानको विधेयकमाथि दफावार छलफल

काठमाडौं । संविधानसभाको बैठक मंगलबार बस्दैछ । संविधानसभा भवन नयाँ बानेश्वरमा बिहान ११ बनेपछि बस्ने बैठकमा संविधानसभामा नयाँ संविधानको विधेयकमाथि परेका संशोधन प्रस्तावका बारेमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा संशोधन दर्ता गराउने सभासदलाई क्रमसंख्याका आधारमा पालैपालो संशोधन प्रस्तुत गर्न दिने तयारी भएको संविधानसभा सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भएको क्रमअनुसार संशोधनदर्ता दललाई बैठकमा संशोधन पेस गर्न दिने तयारी रहेको छ । भदौभित्र संविधान जारी गर्ने लक्ष्यसहित संविधानसभामा छलफल अगाडि बढाउने संविधानसभा अध्यक्ष सुवास नेम्वाङको तयारी रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्